Home » » असोज ३ गतेसम्म संवैधानिक ढोका बन्द : महासचिव चौधरी

असोज ३ गतेसम्म संवैधानिक ढोका बन्द : महासचिव चौधरी

असोज ३ गतेसम्म संवैधानिक ढोका बन्द :
महासचिव चौधरी
दैनिक नेपाल २०७२ भदौ २९ गते ९:१९
काठमाडौं, २९ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव
रामजनम चौधरीले असोज एक गतेसम्मका लागि संवधानिक ढोका बन्द
भएको बताउनुभएको छ ।
दैनिक नेपालसँग आज बिहान कुरागर्दै महासचिव चौधरीले असोज
तीन गतेपछि फोरम लोकतान्त्रिक नेतृत्वको मोर्चाले थप
रणनीति बनाउने बताउनुभयो । ‘वार्ताका लागि हामी तयारै छौँ’,
उहाँले भन्नुभयो, ‘तर असोज ३ गते ५ बजेसम्म हाम्रा लागि संवैधानिक बाटो बन्द
भएको छ ।’
संविधान निर्माणको प्रक्रिया अगाडि बढीसकेकाले अब आफूहरूले उठाएका
माग तत्काल पूरा हुने कुनै सम्भाना नरहेको उहाँले बताउनुभयो ।
‘नयाँ संविधानको प्रक्रिया अगाडि बढी सकेको छ’, उहाँले भन्नुभयो, ‘अब
त संविधानको परिमार्जित विधेयकमा कमा र पूर्णविराम पनि फेरबदल गर्न सकिँदैन ।’
महासचिव चौधरीले भावी रणनीतिका विषयमा
फोरम लोकतान्त्रिकको नेतृत्वमा रहेको तीन दलीय मोर्चाको
बैठकले समीक्षा गरिरहेको बताउनुभयो । उहाँले संविधान निर्माणको
प्रक्रियाबाट बाहिर रहे पनि आफूहरू सरकार र प्रमुख तीन दलको
सम्पर्कमै रहेको बताउनुभयो ।

Written by : Your Name - Describe about you

0 comments:

Post a Comment