Labels

यसकारण संविधान निर्माणमा आँखा चिम्लेर हामफालेँ : प्रचण्ड

यसकारण संविधान निर्माणमा आँखा चिम्लेर हामफालेँ : प्रचण्ड
भदौ ३० | डिएनएन
काठमाडौं– अधिकतम लचकता र पहलकदमीसहित नयाँ संविधान निर्माणमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड यतिबेला चर्चामा छन् । ‘जनताका प्रतिनिधिले पहिलोपटक जनताको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्दै छन्, जसले पहिलोपटक नेपाली जनतालाई सार्वभौम भनेको छ’, यो कुरामा प्रचण्ड उत्साही देखिन्छन्, खुसी देखिन्छन् र असन्तुष्टको माग सम्बोधन गर्ने रोडम्याप खोज्दैछन् ।
प्रचण्डलाई असोज ३ गते पछि देशले नयाँ मोड लिने विश्वास छ । जोखिम मोलेर प्रचण्डले किन यो कदम चाले, अव देश कता जान्छ ? नयाँ संविधानपछि तराई–मधेशको आन्दोलन कसरी सम्बोधन हुन सक्छ ? बुधवार विहान डिस्कवरी न्युज नेटवर्क (डिएनएन) का लागि रातोपाटी प्रधान सम्पादक ओम शर्मा र विधान श्रेष्ठसँग कुराकानी गरेका छन् ।
यस्ता छन् अन्तर्वाताका मुख्य १८ बुँदा
१–असोज ३ लामो समयदेखिको नेपाली जनताको सपनाले मूर्तरूप लिएको ऐतिहासिक दिन हुनेछ । मलाई लाग्छ, असोज ३ पछि देशले नयाँ मोड लिनेछ । यो आमनेपाली जनताका लागि निकै ठूलो गर्व र खुसीको क्षण हुनेछ ।
२–मधेस र तराईमा आन्दोलन भइरहेको छ, यसमा हाम्रो नैतिक समर्थन छ । आन्दोलनका जायज मागप्रति हाम्रो सदैव नैतिक समर्थन रहन्छ । आन्दोलनका क्रममा तराई र मधेसमा जनताले ज्यान गुमाएकोप्रति हाम्रो गहिरो दुःख छ ।
३–जनताका प्रतिनिधिले पहिलोपटक जनताको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्दै छन्, जसले पहिलोपटक नेपाली जनतालाई सार्वभौम भनेको छ ।
४–नयाँ संविधानमा केही छैन र जनजाति मधेसीलाई केही पनि दिएन भन्नु मलाई धेरै नै ठूलो झुट र जनतालाई भ्रमित पार्ने कसैको डिजाइन त होइन भन्ने लागेको छ ।
५–मलाई के लाग्छ भने वार्ताद्वारा नै समस्या समाधान गर्नुपर्छ । मधेसका जनता उत्तेजित हुनुपर्ने र आत्तिइहाल्नुपर्ने अवस्था छैन । सप्तरीदेखि पर्सासम्मको प्रदेश हुनु ठूलो कुरा हो । पहिचान कसैले पायो भने त्यो मधेसी जनताले पाएका छन् । यो कुरा बुझेकाले बुझाइदिनुपर्छ । उल्टो पाएको कुरा जनतालाई नभनेर चिन्तित र उद्वेलित बनाइदिने काम गर्नु हुँदैन ।
६–मधेसको संवैधानिक आयोग पनि भएको छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरेका छौं, यो यहाँका जनताका लागि महत्त्वपूर्ण कुरा हो ।
७–संविधान घोषणा भएपछि तत्काल वार्तामा बसेर समाधान गर्नुपर्ने हुन्छ । म विश्वास दिलाउन चाहन्छु, हामी असन्तुष्टि सम्बोधन गरेर, समस्या समाधान गरेर देशमा राष्ट्रिय एकताको वातावरण बनाएर, परिवर्तन संस्थागत गरेर, विकासमा जाने वातावरण बनाउँछौं भन्ने विश्वास छ ।
८–थारु समुदायले त हामी कुनै हालतमा उता गएर शरणार्थी शिविर बनाउँदैनौँ भनिसकेका छन् । मधेसी जनताले पनि काठमाडौंमा आफ्नो हक लिने कुरा छोडेर अर्को देशमा गएर शिविर बनाउँछन् भन्नेमा मलाई विश्वास लाग्दैन ।
९–यो स्थितिमा भारतले आफ्नो क्षेत्रमा शरणार्थी शिविर बनाउँछ भनेर म कल्पना पनि गर्न सक्दिनँ । आज विश्वकै एउटा शक्ति बन्न खोजेको भारतले यस्तो कच्चा काम गर्ला भनेर कल्पना गर्नु पनि राम्रो होइन भन्ने मलाई लाग्छ ।
१०–अहिले पूर्वराजाले के भनेका छन् भन्ने आधिकारिक जानकारी मलाई छैन । तपाईंहरूकै रातोपाटीमार्फत हिजो जुन समाचार बाहिर आयो, घटना क्रम हेर्दा त्यो चाहिँ सत्य हो कि भनेर सोच्ने ठाउँ पक्कै पनि छ । तपाईंहरूले पक्कै पनि सत्य–तथ्य बुझेरै त्यो समाचार लेख्नुभयो होला ।
११–मेरो भनाइ के छ भने यसमा दोषी पूर्वराजा पनि छन् । त्यतिबेला होलेरी आक्रमणपछि उनले वार्ताको वातावरण बनाउन छोडेर, अझ संकटकाल लम्ब्याएर सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर जान किन खोजे त ? त्यसकारण त्यसको दोषी त उनी आफैँ छन् । यो कुरा इतिहासले पुष्टि गरिसकेको छ । उनले त्यसमा पश्चाताप पो गर्नुपर्छ, मैले सकिनँ भनेर ।
१२–उनले गृहयुद्धको धम्की दिने गलत कुरा हो । समस्या समाधान हुन्छ, जनताले मिलेर गर्छन्, गर्नु पनि पर्छ । एउटा राष्ट्रवादीले ‘सबै नेपाली जनता मिलेर जानुपर्छ’ भन्नुपर्ने हो । उल्टै मलाई स्पेस नदिए गृहयुद्ध हुन्छ भन्नुले उनको राष्ट्रवादिता खोक्रो रहेको साबित हुन्छ ।
१३–म आफैँ अहिले मधेसी जनताको प्रतिनिधिको रुपमा संविधानसभामा छु, मलाई मधेसी जनताले जिताएर पठाएको हो । मधेसी जनताप्रति मेरो गहिरो विश्वास छ । हिजो जनयुद्धकालमा पनि विद्रोह गर्ने प्रेरणा मैले मधेसी जनताबाट धेरै हदसम्म पाएको हुँ । मैले धेरैपटक सार्वजनिक रुपमा भनेको छु– सशस्त्र संघर्षको तयारी धनुषा, सिरहा, महोत्तरीबाट गरिएको हो ।
१४–विखण्डन गर्न खोज्ने, स्वतन्त्र मधेस भन्नेहरू आत्मघाती हुन् । जनता त्यसको पक्षमा कुनै हालतमा लाग्दैनन् भन्ने विश्वासमै मैले त्यसो भनेको हुँ, मधेसी जनताप्रतिको विश्वास व्यक्त गरेको हुँ । मेरो हृदयमा मधेसी जनताप्रति जुन अपार विश्वास छ, त्यो विश्वासका कारण मैले त्यसो भनेको हुँ ।
१५–खुसीको कुरा के हो भने, सोह्रबुँदेदेखिको यात्रामा हाम्रो लिडरसिप लेभलमा त्यस्तो मतभेद छैन । कहिलेकाहीँ यसो गरे हुन्थ्यो कि भन्ने खालका सोचहरू आउनु अस्वाभाविक होइन । कतिपय बेला फेरि हाम्रो नेतृत्वमा हुँदै नभएका मतभेद पनि भए भनेर मिडियामा अनावश्यक प्रचार पनि भएको छ ।
१६–इतिहासको खासखास मोडमा लिडरसिपमा एउटा कन्भिक्सन आयो भने मैले आँखा चिम्लेर हामफाल्ने गरेको छु । अब यो नगर्नु, राष्ट्रको निम्ति, जनताको निम्ति निकै ठूलो अप्ठेरो आउँछ भन्नेमा म पुग्छु, मैले त्यति धेरै दायाँबायाँ हेर्दिनँ । मेरो पार्टी के हुन्छ, मेरा वरिपरिका साथीले के भन्छन्, यसमा मलाई त्यति धेरै चासो हुँदैन । मैले यो गरिछाड्नैपर्छ भन्ने सोच्छु ।
१७–पछिल्लो अवस्थामा फेरि पनि संविधान नबन्ने, देश झन् ठूलो अन्योल, अराजकता, भुमरीमा फस्ने खतरा देखियो । त्यसमाथि भूकम्पले स्थितिलाई अझ भयावह बनायो । अब यो देशले थप अन्योल, अराजकता सहन सक्दैन भन्ने भएपछि म संविधान निर्माणमा मसक्कै लागेकै हुँ ।
१८– म अति छिटो एकैचोटि राष्ट्रको प्रधानमन्त्री भएँ । जसले गर्दा मलाई यसलाई कसरी अगाडि बढाउने भन्ने बुझ्न नै समय लाग्यो । अब ती सबैबाट पाठ सिकेर मुलुकलाई अब यसरी लानुपर्छ भन्ने निष्कर्ष बनेको हो ।

काम सक्छौ अनी मात्र फर्कन्छौ : शेना

काम सक्छौ अनी मात्र फर्कन्छौ : शेना
काठमाडौँ, २९ भदौ / नेपाली सेनाले आफू सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय ढङ्गले काम गर्दै आएको र जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कने जनाएको छ ।
स्थानीय प्रशासन ऐनअनुसार स्थानीय प्रशासनले जिम्मेवारी क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम गर्न दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्तिसुरक्षा र अमनचयन कायम गर्न सेनाको सहयोग लिन सक्ने व्यवस्था भएबमोजिम केही स्थानमा नेपाली सेना खटिएको सेनाले जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले सो प्रावधानअनुसार स्थानीय प्रशासनलाई सहयोग गर्न खटिएको सेनालाई ‘परिचालन भएको’ भन्ने अर्थमा नलिन र नबुभ्mन अनुरोध गरेको छ ।
संविधान एवम् प्रचलित ऐननियमका प्रावधानअनुरुप सरकारको मातहतमा रही प्राप्त जिम्मेवारीलाई संयमित, सुझबुझपूर्ण एवम् समन्वयात्मक ढङ्गले गर्दै आएकामा दङ्गाग्रस्त क्षेत्रमा पनि सेनाले नागरिकको जिउधन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षा गरिरहेको जनाइएको छ । रासस Image

नेम्वाङले ‘रेल छुट्टिइसक्यो, छुटेका यात्री अर्को रेलमा’ भनेपछि…

नेम्वाङले ‘रेल
छुट्टिइसक्यो,
छुटेका यात्री
अर्को रेलमा’
भनेपछि…
भदौ २९
काठमाडौं– संविधानसभा भवन नयाँ
बानेश्वरको शंकर हल । नेपाल पत्रकार महासङ्घ
नयाँ संविधानमा प्रेस तथा अभिव्यक्ति
स्वतन्त्रताको विषय समावेश नभएको भन्दै प्रमुख
दलका शीर्ष नेता र सभाध्यक्षलाई
ध्यानाकर्षण गराउन पुगेको थियो ।
संविधानसभाको बैठकलाई केही समय स्थगित
गरेर महासङ्घको टोलीसँग छलफल गर्ने र चिया
कफी पिउने सभाध्यक्षको योजना थियो ।
प्रसङ्ग हो यही भदौ २८ गते सोमबारको ।
पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट
सहितको टोलीले प्रेस तथा अभिव्यक्ति
स्वतन्त्रताको पक्षमा संविधानमा व्यवस्था
गर्न लागिएका धाराहरु प्रभावकारी नभएको र
अनुदान सरकार गठन भएको खण्डमा समाचार
प्रवाह गरेकै आधारमा पत्रकारहरु राज्यको
निशानामा पर्न सक्ने अवस्थाको बारेमा
ध्यानाकर्षण गराएका थिए । साथमा थिए
प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी
अध्यक्ष पुष्पकमल दाहाल र एमाले उपाध्यक्ष
विद्या भण्डारी ।
आफूहरुले पटक पटक प्रेस तथा अभिव्यक्ति
स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएपनि
सरकार र प्रमुख राजनीतिक दलले नसुनेको भन्दै
महासङ्घका अध्यक्षले ध्यानाकर्षाण गराएका
थिए । उनको ध्यानाकर्षण लगत्तै प्रधानमन्त्रीले
भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई
खण्डित गर्ने कुनै पनि धारा भए जस्तो मलाई
लाग्दैन । उनले नेपालका सबै राजनीीतक दल
लोकतन्त्रका लागि लडेकाले कोही कसैले पनि
प्रेस विरुद्ध जान नसक्ने भन्दै महासङ्घ टोलीलाई
आश्वस्त बनाउने प्रयास गरेका थिए ।
उनले प्रेस सव्तन्त्रता भने पछि पूर्ण प्रेस
स्वतन्त्रता किन चाहियो। भन्दै महासङ्घ
नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
उनले प्रस्तावित नयाँ संविधानमा त्यसखालको
व्यवस्था रहेको छ र भन्दै एमाओवादी अध्यक्ष
प्रचण्ड र सभाध्यक्ष नेम्वाङको समेत
ध्यानाकर्षण गराए । प्रधानमन्त्रीको
ध्यानाकर्षणपछि प्रचण्डले आफूले त्यसखालको
व्यवस्था भए जस्तो नलागेको बताए ।
उनले सबै भन्दा लोकतान्त्रिक दल एमाओवादी
भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको
पक्षमा प्रतिवद्ध रहेको भन्दा हलमा हासोको
फोहोरा छुटेको थियो । उनी त्यतिमा मात्र
रोकिएनन् भने, ‘काँग्रेस, एमालेलाई त यहाँहरुले
जानी राखेको हो, त्यो भन्दा बढी
लोकतान्त्रिक पार्टी भनेकै एमाओवादी हो ।
हामीले जति प्रेस तथा अभिव्यक्ति
स्वतन्त्रताको पक्षमा लड्ने पार्टी अरु कोही
छैन । ’
सभाध्यक्ष नेम्वाङको बोल्ने पालो आयो । उनले
आफूले केही क्षण अघि मात्रै नेपालको
संविधानको धारा १९ मारहेको प्रेस तथा
अभिव्यक्ति सम्बन्धी व्यवस्था रहेको धारा
पारित गरेर आएको बताए ।
सभासद श्याम श्रेष्ठ, अइन्द्रसुन्दर
नेम्वाङलगायतले दर्ता गराएको संशोधन प्रस्ताव
असफल पारेको केही क्षणमा नै सभाध्यक्षलाई
जवाफ दिन पनि गाह्रो प¥यो । उनले पनि अरु
नेताले जस्तै प्रेस तथा अभिव्यत्तिः स्वतन्ताको
पक्षमा आफू पनि प्रतिवद्ध रहेको बताउन भूलेनन्
।
बरु भने, ‘रेल छुटिसक्यो, अब रोक्न मिल्दैन, अलिक
पहिलो यो विषयलाई ध्यानाकर्षण
गराउनुभएको भए, सुधार हुन सक्थ्यो कि, अब त
केही पनि बाकी छैन । दबाव दिन नछाड्नुस ।
दलहरुले आगामी दिनमा संशोधन प्रस्ताव मार्फत
यो विषयलाई सम्बोधन गर्छन् भन्ने मलाइ
विश्वास छ ।’
रात रहे अग्राख पलाउँछ भने जस्तै हुने भो त्यही
भएर केही विषय छाडिए पनि संविधान जारी
गर्न लागिएको प्रधाानमन्त्रीले बताए ।
एमाओवादी अध्यक्ष प्रचण्डले छुटेका विषय
सम्बोधन गर्ने विभिन्न उपाय भएकाले नआत्तिन
महासङ्घ नेतृत्वलाई आग्रह गरेका थिए । तर
सभाध्यक्षले पुन दोाहो¥याए, ‘रेल त छुटिसक्यो,
अब कसरी भेट्टाउने हो, त्यो तपाईहरुको
दौडाइमा भर पर्छ ।’
मतदान प्रक्रिया लम्बिएपछि भाग भाग नै
पारित गर्ने प्रस्ताव
संविधानसभामा नेपालको संविधान, २०७२ को
मतदान प्रक्रियामा लामो समय लाग्न
थालेपछि प्रमुख राजनीतिक दलका शीर्ष नेता
एवम् सभासदहरुले भाग भाग नै पारित गरे हुन्न र
भन्दै सभाध्यक्ष नेम्वाङको ध्यानाकर्षण गराउने
गरेका छन् ।
एउटै धारामा ४० भन्दा बढी संशोधन प्रस्ताव
दर्ता भएको र एउटै धारा पारित गर्न पनि
घण्टौ लाग्न थालेपछि सभाध्यक्ष कहाँ
त्यसखालको प्रस्ताव लिएर जानेको संख्या
उल्लेख्य रहेको छ । त्यसमाथि अरु समयमा
सभासद तथा प्रमुख दलका नेता बोल्ने
सभाध्यक्ष सुन्ने व्यवस्था हुन्थ्यो ।
तर संविधान पारित गर्ने समयमा सभासदहरु सुन्ने
र सभाध्यक्ष नेम्वाङ एकोहोरो बोलीराख्नुपर्ने
अवस्थाका कारण सभासदहरुको उक्त प्रस्ताव
सभाध्यक्ष नेम्वाङलाई पनि जायज नै लागेको
हो भन्दै विधि नै यस्तै भएको भन्दै भाग भाग नै
पारित गरिनु विधि सम्वत् नहुने बताउँदै आएका
छन् ।
उपाध्यक्ष ओनसरी घर्ती बैठकमा उपस्थित
भएपनि सभाध्यक्षले बैठक सञ्चालनको मौका
समेत दिएका छैनन् । बरु उनी बैठक स्थगित गर्न
तयार हुन्छन् उपाध्यक्षलाई बैठक सञ्चालन गर्ने
मौका दिन भने तयार देखिदैनन् ।
एकै स्थानमा लामो समयसम्म बस्नुपर्दा
संविधान पारित गर्ने समयमा समेत सभासदहरु
निदाउन मात्रै होइन, मोबाइलमा सामाजिक
सञ्जाल हेर्न समेत व्यवस्त भएको भन्दै आलोचना
पनि हुने गरेको छ । प्रक्रिया लगातार अगाडि
बढ्दा थकाइ र पट्टयार लागेको भन्दै शीर्ष
नेताले नै प्रक्रिया छोट्टयाए हुन्न भन्दै
सभाध्यक्षसँग पटक पटक सोध्ने गरेका छन् ।
नेपाल पत्रकार महासङको टोली ज्ञापनपत्र
बुझाउन आउने भएपछि सभाध्यक्षले
संविधानसभाको बैठक रोके । प्रमुख दलका
शीर्ष नेता शंकर हलमा भेला भएका थिए ।
महासङ्घको टोली छिर्न बाँकी नै थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले
प्रक्रिया त असाध्यै लामो पो हुने रहेछ, भाग
भाग नै पारित गर्दा हुन्न र भन्दै सभाध्यक्षलाई
प्रश्न गरे । उनले प्रक्रिया नै यस्तै भएकाले अरु कुनै
पनि उपाय नै नभएको बताए ।
लामो समयसम्म बैठक चलाउँदा सभासद मात्रै
होइनन् सभाध्यक्षलाई समेत अप्ठ्यारो परेको छ
। त्यसकारण कोही सभासदले त आफूले सर्मथन
गर्नुपर्ने प्रस्ताव कुन हाने, विरोध गर्नुपर्ने
प्रस्ताव कुन हो भन्ने समेत बिर्सन थालिसकेका
छन् ।

असोज ३ गतेसम्म संवैधानिक ढोका बन्द : महासचिव चौधरी

असोज ३ गतेसम्म संवैधानिक ढोका बन्द :
महासचिव चौधरी
दैनिक नेपाल २०७२ भदौ २९ गते ९:१९
काठमाडौं, २९ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव
रामजनम चौधरीले असोज एक गतेसम्मका लागि संवधानिक ढोका बन्द
भएको बताउनुभएको छ ।
दैनिक नेपालसँग आज बिहान कुरागर्दै महासचिव चौधरीले असोज
तीन गतेपछि फोरम लोकतान्त्रिक नेतृत्वको मोर्चाले थप
रणनीति बनाउने बताउनुभयो । ‘वार्ताका लागि हामी तयारै छौँ’,
उहाँले भन्नुभयो, ‘तर असोज ३ गते ५ बजेसम्म हाम्रा लागि संवैधानिक बाटो बन्द
भएको छ ।’
संविधान निर्माणको प्रक्रिया अगाडि बढीसकेकाले अब आफूहरूले उठाएका
माग तत्काल पूरा हुने कुनै सम्भाना नरहेको उहाँले बताउनुभयो ।
‘नयाँ संविधानको प्रक्रिया अगाडि बढी सकेको छ’, उहाँले भन्नुभयो, ‘अब
त संविधानको परिमार्जित विधेयकमा कमा र पूर्णविराम पनि फेरबदल गर्न सकिँदैन ।’
महासचिव चौधरीले भावी रणनीतिका विषयमा
फोरम लोकतान्त्रिकको नेतृत्वमा रहेको तीन दलीय मोर्चाको
बैठकले समीक्षा गरिरहेको बताउनुभयो । उहाँले संविधान निर्माणको
प्रक्रियाबाट बाहिर रहे पनि आफूहरू सरकार र प्रमुख तीन दलको
सम्पर्कमै रहेको बताउनुभयो ।

राजतन्त्र राख्ने प्रस्ताव गर्दा प्रचण्ड–बाबुरामले हात उठाएपछि …

राजतन्त्र राख्ने प्रस्ताव गर्दा प्रचण्ड–बाबुरामले हात उठाएपछि …
काठमाण्डु, २९ भदौ– राजसंस्थाको अन्त्यका लागि १० वर्षे सशस्त्र युद्ध गर्ने पार्टी नेतृत्व नै पुरानो व्यवस्था नयाँ संविधानमा फर्काउने पक्षमा मतदान गर्ला वा नगर्ला ।
तपाईं सहजै अनुमान गर्न सक्नुहुन्छ । जुन व्यवस्था फाल्न लामो समय आन्दोलन गर्ने पार्टी कसरी त्यो व्यवस्थाको पक्षमा वकालत गर्छ भनेर ।
तर मंगलबारको संविधानसभा बैठकमा यस्तै घटना भएको छ । प्रस्तावित संविधानको धारा ६१ मा परेको संसोधनलाई मतदानमार्फत निर्णयार्थ प्रस्तुत गर्दा यस्तै दृष्य देखियो ।
नयाँ संविधानको धारा ६१ मा राष्ट्रपति सम्बन्धि व्यवस्था उल्लेख छ । यसमा भनिएको छ, ‘नेपालमा एक जना राष्ट्रपति रहने छन् ।’
तर राप्रपा नेपालले सो धारामा राष्ट्रपतिको सट्टामा राजसंस्था नै हुनुपर्ने माग गर्दै संसोधन प्रस्ताव दर्ता गराएको थियो ।
राप्रपा नेपालको प्रस्ताव अस्वीकार भएपछि उसले मत विभाजनको माग गर्दा सभाध्यक्षले प्रस्तावको पक्षमा रहेका सभासदलाई उभिन निर्देशन दिए ।
राजसंस्थाको पक्षमा २५ जना सभासद मात्र उभिएपछि नियमावली अनुसार १० प्रतिशत संख्या नपुगेकाले मत विभाजन नगर्ने नेम्वाङले जानकारी गराए ।
लगत्तै नेम्वाङले नेपालमा एक संवैधानिक राष्ट्रपति रहने व्यवस्था नयाँ संविधानको परिमार्जित विधेयकको अंग बनोस् भन्ने प्रस्ताव पेश गरे ।
सभाध्यक्षको प्रस्तावको पक्षमा कांग्रेस एमाले लगायतका दलका सभासद्ले मत दिए । तर एमाओवादी र राप्रपा नेपालले एक साथ हुन्न भन्दै विपक्षमा मत दिए ।
एमाओवादी अध्यक्ष पुष्पकमलदाहाल, नेताहरु डा. बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, शक्ति बस्नेतसहित सभासदहरु हुन्न भन्दै बोलेपछि सभाहलमै हाँसो फैलियो । लगत्तै प्रस्तावको विपक्षमा पनि उनीहरुले हात उठाएर मतदान गरे ।
एमाओवादीको सभासदहरु र राप्रपाको मत मिलेपछि सञ्चारकर्मी र सभासद्हरु केही बेर अलमलमा परेका थिए ।
किन झुक्किए एमाओवादी सभासद ?
नेपाली कांग्रेस र नेकपा एमालेसँगको सहकार्यमा आफ्ना मुद्धा छोडेको एकीकृत नेकपा माओवादीका सभासद संविधानको धारा ६१ संसोधन गर्ने क्रममा अलमलमा परेका हुन् ।
एमाओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने पक्षमा रहेको छ ।एमाओवादीले संविधानसभा सदस्य निर्वाचनअघि नै घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने उल्लेख गरेको थियो ।
कांग्रेस–एमालेसँग सहकार्य गर्दा पनि एमाओवादीले शासकीय स्वरुपमा फरक मत राखेको थियो ।
राप्रपा नेपालसँगै प्रस्तावको विपक्षमा मत दिएपछि एमाओवादी संसदीय दलका उपनेता रायमाझी मिडिया सेन्टरमा गएर घटनाको बारेमा सञ्चारकर्मीलाइ स्पष्ट पारेका थिए ।